स्क्यामरले टेलिग्राममा अज्ञात नम्बरबाट सम्पर्क गर्छ
नमस्ते, हामीलाई थप कर्मचारी चाहिएको छ। पार्ट-टाइम वा फ्रीलान्स काम गर्न सक्नुहुन्छ। दैनिक तलब १८०० देखि ३६०० नेपाली रुपैयाँ। थप जानकारीका लागि 'K' लेखेर रिप्लाई गर्नुहोस् ।
धन्यवाद। सुरु गर्नुअघि तपाईंको उमेर र शहर बताउनुहोस् ।
तपाईं अहिले कुनै काम गर्दै हुनुहुन्छ?
ठीक छ । हाम्रो टिमले तपाईंलाई सबै विवरण पठाउनेछ। तपाईं कुन समयमा फुर्सद हुनुहुन्छ?
ओके, हाम्रो स्टाफले तपाईंलाई छिट्टै जानकारी दिनेछ ।
त्यसपछि मदनलाई 'Akriti Malla' नामको अर्को अकाउन्टमा पठाइन्छ
नमस्ते मदन जी। तपाईंको काम भनेको बिक्रेता र क्रेताबीच मध्यस्थकर्ताको भूमिका खेल्नु हो । तपाईंले सामानको अर्डर 'Grab' गरेर त्यसको 'visibility' बढाउनुपर्ने हुन्छ । यो काम सिक्न १५-२० मिनेट लाग्छ र ट्रेनिङपछि तपाईंले ८०० देखि १००० सम्म कमाउन सक्नुहुन्छ ।
म तपाईंलाई रजिस्ट्रेसनको लागि लिङ्क पठाउँछु।
स्क्यामरले एउटा नक्कली 'Etsy' वा यस्तै देखिने वेबसाइटको लिङ्क पठाउँछ र काम गर्ने तरिका सिकाउँछ।
त्यो सामानको प्रोसेस पूरा गरेपछि म तपाईंलाई नाफा कसरी निकाल्ने भनेर सिकाउँछु ।
केही समयपछि
(काम सकेपछि) सबै गरेर पठाएको छु।
तपाईंको बैंकको QR पठाउनुहोस्।
मदनले सानो रकम सफलतापूर्वक निकाल्छन्
पैसा आयो म्याडम। ६०० मात्र विथड्र गरेको थिएँ, आयो।
मदनले काम जारी राख्छन् र अब उनलाई 'Financial Advisor' नामक च्यानलमा जोइन गराइन्छ ।
अब तपाईंले ११ हजार रुपैयाँ पठाउनुपर्छ ।
उनले रकम पठाएको क्यूआर पठाइदिए । र, उक्त प्लेटफर्ममा रकम जम्मा भएको देखियो ।
टास्क सामान खरिद गर्ने र त्यसलाई सब्मिट गर्ने किसिमको हुन्छ । काम पुरा गरिसकेपछि उनको त्यस अकाउन्टमा १६ हजार रुपैयाँ देखाइन्छ ।
मैले १६ हजार रुपैयाँ विथड्र गरे ।
ल बधाई छ । अब भोलिको कामका लागि तयार हुनुहोस् ।
भोलिपल्ट
नमस्ते मदन जी । तपाईं आजको कामका लागि तयार हुनुहुन्छ ।
आज तपाईंले ११ हजार रुपैयाँ जम्मा गर्नुपर्ने भयो ।
उनी ११ हजार रुपैयाँ क्यूआरमा पठाइदिन्छन् ।
तपाईंकोमा टास्क बढेको रहेछ । फेरि २२ हजार रुपैयाँ पठाउनु पर्ने भयो ।
मदन काम गर्छन् र उनको खातामा ४२ हजार रुपैयाँ देखिन्छ । उनी उक्त रकम विथड्र गर्छन् । त्यसको केही समयमै उनको खातामा ४२ हजार रुपैयाँ आइपुग्छ ।
मैले ४२ हजार रुपैयाँ पनि पाएँ, Thank you.
हुन्छ । अब भोलिको टास्कको लागि शुभकामना !
Thank you, have a good day.
भोलिपल्ट
Good Morning Madan! आज कामको लागि तयार हुनुहुन्छ ?
आज तपाईंले ३० हजार रुपैयाँ जम्मा गर्नुपर्छ ।
हुन्छ । म तपाईंले पठाएको क्यूआरमा पठाइहाल्छु ।
तपाईंको वालेटमा जम्मा भएको छ । अब टास्क पुरा गर्नुस् ।
टास्क पूरा हुँदा उनको खातामा ४५ हजार ६०० रुपैयाँ जम्मा भएको देखिन्छ । त्यसलाई विथड्र गर्छन् । र, उनको खातामा रकम आइपुग्छ ।
Good Morning Madan ji, आज तयार हुनुहुन्छ ?
आज तपाईंले ५० हजार रुपैयाँ जम्मा गर्नुपर्छ ।
हुन्छ, म हजुरले भनेको खातामा पठाइहाल्छु ।
मदन काम सुरु गर्छन् । तर, रकम क्षणभरमै सकिन्छ ।
बधाई छ, तपाईंले 'Priority Order' पाउनुभयो, जसमा ८ गुणा नाफा छ । तर तपाईंको अकाउन्टमा ब्यालेन्स नेगेटिभ भएको छ । तपाईंले दुई लाख ६७ हजार रुपैयाँ पठाउनु पर्छ ।
अब तपाईंले पेड ब्यालेन्स तिर्नुपर्छ । एक लाख हाल्नुस् ।
फेरि लिमिट बढ्यो । अब ५० हजार जम्मा गर्नुस् ।
पहिले त आउँछ भन्नु भएको थियो । फेरि पठाउनु पर्यो भन्नुहुन्छ ?
तपाईंको लक रहेछ । जोकोहीलाई यस्तो पर्दैन ।
अब निकाल्नको लागि पहिला तपाईंले आफ्नो काम पूरा गर्नुपर्छ।
यसरी पटक-पटक 'Priority Order', 'Randomly Surprise Parcel' जस्ता बहाना बनाएर मदनको अकाउन्ट नेगेटिभ देखाइन्छ र थप पैसा जम्मा गर्न लगाइन्छ।
Please sir, cancel this. I have no balance for this amount. Please help me. नत्र म पुलिसलाई बोलाउँछु।
Dear, this is by system generate, you can't cancel it. Dear, our here is safe you call police also no use.
स्क्यामरले मदनलाई क्रमशः रु. १,६७,६०५, रु. ४,६३,२२१, र अन्ततः रु. ८,४४,३७९ सम्म जम्मा गर्न लगाउँछ। हरेक पटक उसलाई यो अन्तिम पटक हो र यसपछि सबै पैसा निकाल्न मिल्छ भनेर आश्वासन दिइन्छ।
मदनले ठूलो रकम जम्मा गरिसकेपछि, उसलाई 'Binod Gurung' नामको अर्को 'सिनियर' सँग कुरा गर्न लगाइन्छ। मदनले आफ्नो दयनीय अवस्था बताउँछन्।
प्लिज दादा, आज जसरी नि withdraw गराइदिनु। म त अस्तिदेखि न खाना न निन्द्रा। घर नगएर बाहिर लुकेर बसेको छु। मेरो भगवान् तपाईं नै हो दादा।
म बुझ्छु तिम्रो पीडा। नआत्तिऊ। हामी तिम्रो पैसा लिएर भाग्ने हो र? यो अलि ठूलो रकम भएर समय लागेको हो। हामीले पनि पहिले तिम्रै ठाउँबाट आएको हो।
अन्ततः, जब मदनको अकाउन्टमा लाखौं रुपैयाँ देखिन्छ र उसले निकाल्न खोज्छ, स्क्यामरले अन्तिम र सबैभन्दा ठूलो जाल फाल्छ।
System Alert! तपाईंको पहिलो ठूलो निकासी (३ लाखभन्दा बढी) भएकोले, तपाईंले कुल रकमको ५०% 'Security Withdrawal Fee' जम्मा गर्नुपर्नेछ। यो शुल्क जम्मा गरेपछि मात्र तपाईंको सबै पैसा फिर्ता हुनेछ। तपाईंले रु. २,४३४,०५० निकाल्न खोज्नुभएको छ, त्यसैले तपाईंले त्यसको ५०% अर्थात् रु. १,२१७,०२५ जम्मा गर्नुपर्छ। त्यसपछि तपाईंले कुल रु. ३,६५१,०७५ फिर्ता पाउनुहुनेछ।
यो कुरा 'Etsy crew 1539' नामको ग्रुपमा पनि राखिन्छ, जहाँ अरु सदस्य (जो आफैं स्क्यामर हुन्) हरूले पनि यो नियम हो भनेर दबाब दिन्छन्।
हामीलाई त यस्तो भन्नुभएको थिएन सर। यति amount गर्न सक्दिनँ सर अब।
यो प्लेटफर्मको नियम हो। तपाईंले तिर्नैपर्छ। यो एक पटकको लागि मात्र हो र यो शुल्क १००% फिर्ता हुन्छ।
हुन्छ । म १२ लाख पठाउँछु ।
मदन १२ लाख पनि पठाउँछन् ।
अब तपाईंलाई बाइन्डिङ फि लाग्छ । नौ लाख पठाउनुहोस् ।
म त अब सक्दिनँ । मसँग केही पनि छैन । तपाईंले मलाई ठग्नु भयो कि क्याहो ।
ठग्ने भए अस्ति नै ब्लक गरि सक्थे । भनेको पैसा पठाउ । तिम्रो ३६ लाख रकम सबै फिर्ता आउँछ ।
मलाई जसरी हुन पठाइदिनु । म सक्दिनँ ।
सर
हेलो !
प्लिज !!
हेल्प मि !!!